
कांग्रेस चितवनका नेता एवं पूर्वमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ।
आज दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा पूर्वमन्त्री पाैडेल सवार ना.४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग.१ख ८५४७ नम्बरको बसले ठक्कर दिँदा कांग्रेसका नेता एवं पूर्वमन्त्री पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
साढे १२ बजेतिर दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा आज दिउँसो १ बजेतिर जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको हो। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।