
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी, अजितनारायण सिंह थापापछि अरुण चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।
काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी, अजितनारायण सिंह थापापछि अरुण चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।

ठाकुर चाँदबाग रिजेन्सी प्रालिका अध्यक्ष पनि हुन् ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने प्रक्रियामा ठाकुरसमेतको प्रत्यक्ष संलग्नता देखिएपछि पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को भनाइ छ ।
उनले आफ्नो कम्पनीको तर्फबाट फाइल मिलाउने काम गरेका थिए ।

तीनै जनामाथि अनुसन्धान गर्न भनेर सीआईबीमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का बासिन्दाले उजुरी दिएका थिए ।
देशकै ठूलोमध्येको औद्योगिक व्यापारिक घराना चौधरी ग्रूप (सीजी)का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरी पनि यस प्रकरणमा अनुसन्धान भइरहेको छ।
उजुरी दिनेमा ४८ भन्दा बढी छन् । पक्राउ परेका तीनै जनालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
सीआईबीले यस प्रकरणमा तीन महिनादेखि अनुसन्धान गरिरहेको पाइएको छ ।
सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरिरहेको थियो ।
उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरू संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो ।