त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य भाइ अरुणसँगै विनोद चौधरीलगायत थिए । अहिले जारी अनुसन्धानमा त्यसप्रकरणमा विनोद चौधरीले पनि २ हजार कित्ता जग्गा हिनामिना गरेको देखिएको छ । तर, उनलाई तत्काल पक्राउ गरिने छैन ।

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेपछि अर्बपति विनोद चौधरीमाथि पनि सीआईबीबीले छानबिन अघि बढाएको छ ।
उनीमाथि २ हजार कित्ता जग्गा हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।
यद्यपि उनलाई भने तत्काल पक्राउ नगरिने प्रहरी हेडक्वाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, “त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य भाइ अरुणसँगै विनोद चौधरीलगायत थिए । अहिले जारी अनुसन्धानमा त्यस प्रकरणमा विनोद चौधरीले पनि २ हजार कित्ता जग्गा हिनामिना गरेको देखिएको छ । तर, उनलाई तत्काल पक्राउ गरिने छैन । तर, उनी संलग्न रहेको घटनाबारे अनुसन्धान जारी नै रहनेछ ।

चौधरी प्रतिनिधिसभा सांसदसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । यसैले प्रहरीमाथि राजनीतिक दबाब आउन सक्ने कुरालाई मध्यनजर गर्दै सीआइबीले विनोद चौधरीको संलग्नताको पर्याप्त आधार खोजिरहेको छ । त्यसपछि पक्राउ गर्ने योजना रहेको प्रहरी स्रोतले बताएको छ ।
देशकै ठूलोमध्येको औद्योगिक-व्यापारिक घराना चौधरी ग्रूप (सीजी) का अध्यक्ष रहेका कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरीको प्रत्यक्ष संलग्नता देखिएपछि सीआईबीले पक्राउ परिसकेका छन् ।
पक्राउ परेका अरुण चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रूपले विधिविपरीत निजी सम्पत्ति बनाएको देखिएको छ ।
