
माघ २३ काठमाडौं- प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजोदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो ।
सभामुख देवराज घिमिरेले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताउनुभयो । गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई लिएर धेरै प्रश्नहरु उठेका छन् । ती सबै प्रश्नको समेत जवाफ दिने गरी आगामी अधिवेशनलाई परिणाममुखी बनाउन सभामुख घिमिरेले अपिल पनि गर्नुभएको छ ।
स्वीकृत कार्यतालिकाअनुसार अब प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ । सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ ।
सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर टिप्पणी हुन थालेपछि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्ने तयारी गरिएको हो । बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा लिएको बताउनु भयो ।