
८ फागुन,
बर्दिया । बर्दियाको बाँसगढीमा लागुऔषध सहित ६ जना प्रहरीको नियन्त्रणमा लिएको छ ।
बाँसगढी नगरपालिका-६ दमौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन भन्ने धन बहादुर कठायतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको बाँसगढी नगरपालिका-७देउडाकलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-९ माछागढ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले साइकलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ४ जनालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।