
दाङ- लुम्बिनी प्रदेशको हिउँदे अघिबेशनको पहिलो बैठक फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा(१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदले प्रदेश प्रमुखलाई हिउँदे अघिबेशनका लागि गरिएको सिफासिर अनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गर्नु भएको थियो ।
दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशनका लागि गरेको आह्वान अनुसार फगुन १८ गते बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।
स्थानिय तहको निजामती विधेयक लगाएतका ४ विधेयक र विभिन्न आयोगहरुका प्रतिबेदन यो अधिवेशनमा पेश गर्ने तयारी रहेको पनि प्रदेशसभा सचिव पुनले बताउनु भयो । लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखी वस्न सकेको छैन । भदौ २६ गते प्रदेश प्रमूखले अधिवेशन अन्त गरेसँगै बैठक बस्न सकेको थिएन ।
प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभा सदस्यहरु काम बिहिन बनेका थिए । लुम्बिनी प्रदेशमा मिनी संसदका रुपमा हेरिने विषयगत समितीका नेतृत्व दलहरुकै किचलोकै कारण अहिलेसम्म पनि चयन हुन सकेका छैनन् ।
दोस्रो प्रदेश सभाले एक बर्ष समय पुरा गरिसकेको छ । एक वर्षको अवधिमा दुईवटा अधिवेसन पूरा भएका छन् । दुई वटा अधिवेसनमा ३५ वटा बैठक सम्पन्न भए । ५७ घण्टा ३३ मिनेट छलफल हुदा प्रदेशसभाले एउटा मूल विधेयक मात्रै बनाउन सकेको छ । मुल विधेयक एकवटा, साल बसाली विधेयक दुई वटा, संसोधन विधेयक एक गरी जम्मा चार वटा विधेयक पारित भएको थियो ।
