
नेपालगन्ज १४ फागुन – शक्ति समूहले नेपालगन्ज सोमबार आयोजना गरेको मानव वेचविखन विरुद्ध अन्तरसीमा कार्यशाला गोष्ठीमा मानव बेचविखन रोक्न दुई देश बीचका सरोकारवाला निकाय र व्यक्तिहरुबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले कर्णाली र लुम्बिनी प्रदेशको मुख्य आवतजावत केन्द्र नेपालगन्ज भएकाले मानव बेचबिखनको जोखिम बढी हुने हुँदा सरोकारवाला निकायहरुले सजगताका साथ काम गर्नुपर्नेमा जोड दिएका दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नीतिगत ब्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
शक्ति समूहका अध्यक्ष नातीसरा राईले मानव बेचविखनका क्षेत्रमा काम गर्ने सबैको सहयोगमा अघि बढ्न सहज भएको बताइन् । कार्यक्रममा शक्ति समूहका पूर्व अध्यक्ष चरिमाया तामाङ , कार्यतास इण्डिया कलकत्ताका आशा रुस्लिन, भारतीय सीमा नाका प्रहरी अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, भारत रहेर मानव बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थामा आवद्ध प्रतिनिधिहरु लगायतको सहभागिता रहेको शक्ति समूहकी निर्मला पौडेलले जानकारी दिइन् ।